नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
मालपोत कार्यालय पर्सा
पर्सा

मुख्य कार्यहरू

यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू :

  •  जग्गा प्रशासनसम्बन्धी :
  •  छुट जग्गा दर्ता गर्ने,
  •  जग्गा रोक्का तथा फुकुवा गर्ने,
  •  हकसफासम्बन्धी कार्य गर्ने,
  •  अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासनसम्बन्धी निर्णय गर्ने,
  •  गुठी कार्यालय नभएको जिल्लामा गुठीको जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने,
  •  भूमिसुधार कार्यालय नभएको जिल्लामा भूमि सुधारसम्बन्धी कार्य गर्ने ।
  •  अभिलेख व्यवस्थापन
  •  जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
  •  जग्गाधनी दर्ता किताब खडा गर्ने,
  •  तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
  •  रोक्का लगत व्यवस्थापन गर्ने ।
  •  योजना तथा तथ्याङ्क
  •  कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
  •  मासिक, चौमासिक तथा वार्षिक कार्यप्रगति मन्त्रालय तथा विभागमा पठाउने,
  •  मन्त्रालय तथा विभागलाई आवश्यक भू―सूचना प्रवाह गर्ने ।

भूमिसुधार कार्यालय सम्बन्धी यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू :

  •  जग्गाको हदबन्दी तथा बिक्री वितरणसम्बन्धी कार्यहरू गर्ने,
  •  मोहीको लगत अद्यावधिक राख्ने,
  •  जग्गाधनी र मोहीलाई जग्गा बाँडफाँड गर्ने,
  •  जग्गाधनी र मोही बीचको अन्य विवादहरू समाधान गर्ने,
  •  अनिवार्य बचत तथा ऋण असुलीसम्बन्धी कार्यहरू गर्ने,
  •  कर्मचारी प्रशासन तथा आर्थिक प्रशासनसम्बन्धी कार्यहरू गर्ने ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमिसुधार तथा व्यवस्थापन विभाग)