नेपाल सरकार, भूमि व्यवस्थापन तथा अभिलेख विभाग

नेपाल सरकार
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
भूमि व्यवस्थापन तथा अभिलेख विभाग
भूमिसुधार तथा मालपोत कार्यालय पर्सा
पर्सा

अनलाईन कारोवार गर्दा ध्यान दिनुपर्ने कुराहरु / अनलाईन कारोवार गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • क्रेता बिक्रेता (लिने-दिने), साक्षीहरु, अ.वा. लिने व्यक्ति, बैंक प्रतिनिधि आदि सम्पूर्ण व्यक्तिहरु सक्कलै नागरिकता लिई स्वयं उपस्थित हुन अनिवार्य छ ।

  • उक्त व्यक्तिहरुको फोटो र औंठा छाप पहिला नै लिई सकेको अवस्थामा समेत रुजुको लागि व्यक्ति स्वयं अनिवार्य उपस्थित हुनु पर्नेछ ।

  • औंठा छाप लिनु पर्ने/रुजु गर्नु पर्ने व्यक्तिहरुको औलाहरु कालो मसी/मेहन्दी नलागेको सफा हुनु पर्छ अन्यथा ल्याप्चे लिंदा समस्या आउन सक्छ ।

  • लिखतमा क्रेता र बिक्रेताको सम्पर्क नं. (मोबाईल नं.) अनिवार्य उल्लेख गर्नु पर्नेछ ।

  • बैंकको रोक्का/फुकुवा भएमा बैंक प्रतिनिधि अनिवार्य रुपमा नागरिकता लिई उपस्थित हुनु पर्नेछ ।

  • घर समेत जग्गा पारित वा धितो पारित हो भने अनिवार्य रुपमा पहिल्यै घर कायम गराउनु पर्नेछ ।

  • एकभन्दा बढी कित्ताको कारोबार भएमा प्रत्येक कित्ताको थैली रकम छुट्टा छुट्टै उल्लेख हुनु पर्नेछ ।

  • कि.का. गर्दा जग्गाको क्षेत्रफल घटबढ (नरघटी) भएमा पहिला घटबढ क्षेत्रफल कायम गरेर मात्र लिखत पारित गराउनु पर्नेछ ।

  • पुनश्च: अनलाइन सेवाले साविकमा रहेको कुनै पनि सेवा, सुविधा कटौती गरेको छैन, मात्र नेपाल सरकारले जारी गरेको घर जग्गा पास सम्बन्धी नियमहरुलाई नियम सम्बद्ध रुपमा लागु गरेको हो ।

 

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© सर्वाधिकार सुरक्षित (भूमि व्यवस्थापन तथा अभिलेख विभाग)